अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – शनिबार राति दीपावलीको अवसरमा भारतको राजधानी नयाँ दिल्ली–एनसीआरमा मानिसहरूले प्रशासनकाे आग्रहलाई बेवास्ता गर्दै आतिसबाजी गरेका छन् । जसका कारण पहिलेदेखि नै खराब दिल्लीको वायु झन् खराब भएको छ । दिल्लीका विभिन्न ठाउँमा यसको प्रभाव देखिएको छ ।
दीपावलीको रात भएको आतिसबाजीका कारण दिल्लीको वायुको गुणस्तर मापक गम्भीर श्रेणीमा पुगेको छ । दिल्लीमा शनिबार रातभर पटाखा पड्काउने र आतिसबाजी गर्ने काम भइरह्यो । दिल्लीमा प्रदूषणका कारण भिजिबिलिटी पनि निकै खराब भएको छ ।
प्रदूषण नियन्त्रण समितिका अनुसार आनन्द बिहारमा ४८१ एक्युआई मापन गरिएको छ । यसैगरी आईजीआई एअरपोर्टमा ४४४, आईटीओमा ४५७ र लोधी रोडमा ४१४ एक्युआई मापन गरिएको छ ।
गोविन्दपुरी, कालकाजी, ग्रेटर कैलाशदेखि लिएर इण्डिया गेटसम्मका क्षेत्रमा हावाको गुणवत्ता खराब भएको छ ।
दिल्लीको नजिकैको क्षेत्रमा पराल जलाएपछि उत्पन्न भएको धुँवाको कारण दिल्लीमा वायु प्रदूषणको स्तर लगातार घटिरहेको छ । यस्तो अवस्थामा कोरोना महामारीलाई ध्यानमा राख्दै दीपावलीको एक दिनअघि प्रदेश सरकार र नेशनल ग्रीनले पटाखा बिक्री र जलाउन रोक लगाएको थियो । तर त्यहाँका नागरिकले त्यसलाई बेवास्ता गर्दै पटका पड्काउन नछोड्दा यस्तो अवस्था आएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।