अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले देशलाई विभाजित गर्ने निर्णयहरू उल्टाउनुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति ओबामाले गएको चार वर्षमा अमेरिकालाई विभाजित गर्ने सनकपूर्ण कामहरू भएको टिप्पणी गर्दै त्यसलाई उल्टाउनुपर्ने बताउनुभएको हो ।
चार वर्षअघि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिनुभएको थियो । ओबामाले अबको अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सनकपूर्ण विभाजनहरूको मर्मत गर्ने सुरुवात भएको पनि बताउनुभएको छ ।
साथै उहाँले विभाजन गर्ने प्रवृत्तिहरू उल्टाउन एउटा जितले मात्रै नपुग्ने भन्दै आउँदाे पुस्ताको परिष्कृत सोचका कारण विभाजनहरू पुरिँदै जाने विश्वास रहेको पनि बताउनुभयो ।
ओबामाले ग्रामीण र सहरी अमेरिकाबीचको आक्रोश, आप्रवासन, असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरूले विभाजन बढाएको भन्दै यी समस्याको सुझबुझपूर्ण समाधान चाहिएको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको पनि ओबामाले आरोप लगाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।