एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
महोत्तरी – मिथिलाञ्चल क्षेत्र सङ्गीतमय बनेकाे छ । छठ र भाइबहिनीबीचको प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिरहेकाे छ ।
विशेष गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित गीत तथा मैथिली, भोजपुरी र नेपालीलगायतका भाषामा तयार पारिएको गीत सङ्गीतले मिथिला क्षेत्रलाई नै सङ्गीतमय बनाएको गौशाला नगरापालिका १२ का युवा नेता दिपलाल महतोले बताउनुभयाे ।
महोत्तरी युवा सञ्जालका अध्यक्ष चुडामणि यादवले गाउँघरमा डिजेको बिगबिगी बढिरहेको समयमा पनि घरघरमा लाेकगीतहरू गुन्जिनु सुखद पक्ष रहेको धारणा राख्नुभएकाे छ । पुरानो संस्कृतिलाई जगेर्ना गराउनका लागि यस्ता गीत सङ्गीतले अहम् भूमिका निर्वाह गर्दै आएकोले यस्ता संस्कृति नवपुस्तालाई हस्तान्तरण गरिनुपर्ने आवश्यकता रहेकाे उहाँले बताउनुभयाे ।
गीतसङ्गीत निर्माणको क्रममा स्थानीय कलाकारहरू होडबाजी गर्दा कतै न कतै भाषाको शब्द छनाेटमा ध्यान नदिएको कलाकार तथा सञ्चारकर्मी फुलगेन महतो बताउनुहुन्छ । अहिले निर्माण हुने गीत सङ्गीतहरू सेन्सर विना नै सामाजिक सञ्जालमा भाइरल भएपछि कतै न कतै भाषा र कलालाई समेत दूषित गर्दै आएकोले सम्बन्धित पक्षले यसतर्फ ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ ।
अहिले हरेक घरघर, टोल, गाउँघर, चौक चौराहा, हाटबजार, सहरको गल्ली गल्लीमा पर्व विशेष गीत सङ्गीत गुन्जिँदा माहाेल नै सङ्गीतमय बन्न पुगेको हो । यस्ता गीत सङगीतहरू अहिले युट्युबमा सजिलै रुपमा उपलब्ध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।