कोरोना विरुद्धको चिनियाँ खोप 'मध्य–चरण परीक्षणमा सफल', आफ्ना चारवटै खोप अन्तिम तयारीमा पुगेकाे चीनको दाबी

 मंसिर ३, २०७७ बुधबार १४:४२:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले विकसित गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको एउटा खोपले 'मध्य चरणमा सफलता पाएको' अनुसन्धानकर्ताले बताएका छन् ।

सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ ।

अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ । 

याे पनि पढ्नुहाेस्

चीनमा कम्तीमा तीन वटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा खोप गएको जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।

एक वर्षअघि पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरसले अहिलेसम्म विश्वका पाँच करोड ५९ लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा १३ लाख ४३ हजार नौ सयभन्दा धेरैको ज्यान गइसकेको छ । तीन करोड ८९ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।   

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ramesh Prasad Bhattarai

    Nov. 21, 2020, 7:29 p.m.

    Good news for ud.

  •  0 Reply

तपाईको प्रतिक्रिया