अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिने अमेजनको वनजङ्गल क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन् ।
यो गति विगत १२ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ । त्यहाँ वनजङ्गल विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको अन्तरिक्ष निकाय आइएनपीईले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।
भू-उपग्रहबाट लिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र झण्डै ११ हजार वर्ग किलोमिटरको जङ्गल सखाप भएको देखिएको छ । अमेजन वन क्षेत्रलाई विश्वकै महत्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ ।
त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका र जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै बढेर जान सक्ने वातावरण वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।