अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – अर्जेन्टिनामा लखपतिहरूबाट थप कर असुल्ने कानुन पारित भएको छ । कोरोना भाइरस महामारीको कारण निम्न आय भएका नागरिकलाई परेको असर कम गर्न करसम्बन्धी नयाँ नीति पारित भएको बीबीसीले जनाएको छ ।
लखपतिहरुबाट असुल भएको थप कर कोरोनाविरुद्धको औषधी उपचारमा खर्च हुनेछ र यस्तो खर्च विशेष गरेर निम्न आय भएका व्यक्तिमा केन्द्रित हुनेछ । संसदमा भएको मतदानमा नयाँ कर नीतिको पक्षमा ४२ र विपक्षमा ३६ मत खसेको थियो ।
नयाँ कानुन अर्जेन्टिनाका २० करोड पेसो अर्थात् २५ लाख डलरभन्दा धेरै सम्पत्ति रहेका लखपतिहरुमा लागू हुनेछ । यस्ता लखपतिले देशभित्र भएको सम्पत्तिको साढे ३ प्रतिशत र देशबाहिर भएको सम्पत्तिको ५ दशमलव २५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्नेछ । अर्जेन्टिनामा २५ लाख डलरभन्दा धेरै सम्पत्ति हुनेको सङ्ख्या १२ लाखभन्दा धेरै रहेको छ ।
नयाँ कर नीतिबाट तीन सय अर्ब पेसो सङ्कलन हुने अनुमान छ । यसरी धनीबाट सङ्कलन भएको करको २० प्रतिशत रकम औषधी उपचारमा, २० प्रतिशत मझौला उद्यमीको सहयोगमा, २० प्रतिशत छात्रवृत्तिमा, १५ प्रतिशत सामाजिक विकासमा र २५ प्रतिशत रकम प्राकृतिक ग्याससँग सम्बन्धित उद्योगमा खर्च गरिनेछ ।
अर्जेन्टिनामा अहिलेसम्म १५ लाख जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकोमा ४० हजारभन्दा धेरैको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।