अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ ।
बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग–अलग स्थानीय प्रशासनले यस नयाँ प्रकारको कोभिड सङ्क्रमण भेटिएको जानकारी दिएको बताउनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई जानकारी लिएको र बेलायती वैज्ञानिकले यसबारेमा विस्तृत अध्ययन गरिरहेको उहाँले बताउनुभएको छ ।
यो नयाँ प्रकारको सङ्क्रमण अझ फैलिन सक्ने र खोपले पनि यसलाई काम नगर्ने हुन सक्ने मन्त्रीको भनाइ छ ।
उहाँले पछिल्लो हप्ता लण्डन, केन्ट एसेक्स र हर्टफोर्डशायरका क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोबारे सदनलाई जानकारी दिनुभएको छ ।
‘अहिले हामीले भाइरसको यो नयाँ प्रकारको एक हजारभन्दा धेरै मामिला (केस) प्राप्त गरेका छौँ र विशेषगरी बेलायतको दक्षिणी भागबाट धेरै केस प्राप्त भएको छ । यो मामिला ६० अलग–अलग क्षेत्रमा पाइएको छ’, उहाँले भन्नुभयो ।
यो सम्भावित खतरालाई ध्यानमा राख्दै बेलायतमा अहिलेसम्मकै सबैभन्दा कडा लकडाउन लगाउने घोषणा गरिएको छ । लण्डन, एसेक्स र हर्टफोर्डशायरको केही भागमा भोलि (बुधबार) देखि नयाँ नियम लागू हुनेछ ।
यस अवधिमा रेस्टुरेन्ट बन्द रहनेछ, मात्र टेकअवे र डेलिभरी चल्नेछ । यसका साथै थिएटर, सिनेमा हललगायतका क्षेत्र पनि बन्द रहनेछ ।
भाइरसमा आएको परिवर्तन त्यसमा रहेको स्पाइक प्रोटिनसँग जोडिएको हुन्छ । यो भाइरसको त्यो हिस्सा हो, जसले कोषिकालाई सङ्क्रमित गर्न मद्दत गर्छ र कोरोना भाइरसको खोप यसैलाई मध्यनजर गर्दै तयार गरिएको छ ।
बर्मिङघम विश्वविद्यालयमा विशेषज्ञ फ्रोफेसर एलन म्याकनलीले बीबीसीसँग भन्नुभयो, ‘हामीलाई धेरै चिन्तित हुनुपर्ने आवश्यक छैन । यसको मतलब यो निकै सङ्क्रामक या खतरनाक छैन भन्ने होइन, हामीले यसमाथि ध्यान राख्नुपर्छ ।’
भाइरसको यो नयाँ प्रकारलाई बुझ्न ठूलो स्तरमा कोसिस भइरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।