अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई लिएर भारतले चासाे दिएकाे बताएकाे छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा प्रतिनिधि संसद् विघटनपछि देखिएकाे पछिल्लाे राजनीतिक घटनाक्रमलाई भारतले 'नाेट' गरेकाे बताएका हुन् ।
उनले भने, 'नेपालमा भएकाे पछिल्लाे राजनीतिक घटनाक्रममा हामीले ध्यान दिएका छाैँ । याे नेपालकाे आन्तरिक मामिला हाे, नेपालले यसबारेमा लाेकतान्त्रिक प्रक्रियाअनुसार फैसला गराेस् भन्ने भारत चाहन्छ ।'
मन्त्रालयका प्रवक्ता श्रीवास्तवले भारतले सधैँ नेपाल र नेपाली नागरिकका बारेमा राम्राे साेच्ने बताए । 'नेपालका नागरिक शान्ति, समृद्धि र विकासकाे बाटाेमा अघि बढून् भन्नका लागि भारतले एक छिमेकीका रूपमा नेपालकाे समर्थन गर्नेछ ।'
गएकाे आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियाे । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।