अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – साउदी अरबकी महिला अधिकारवादी लुजैना अल–हथल्ललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । महिलाहरूले गाडी चलाउन पाउने अधिकारको वकालतसमेत गरेकी लुजैनालाई आतङ्कवादविरुद्धको अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ ।
अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको हो । ३१ वर्षीया लुजैनाले अहिलेसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छिन् ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले पटक–पटक उहाँलाई रिहा गर्न माग गर्दै आएका छन् । लुजैना र उनका परिवारले भने सबै अभियोग अस्वीकार गरेका छन् । उनलाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ताअघि पक्राउ गरिएको थियो ।
मानव अधिकारवादीहरूले उनको सुनुवाइमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको बताएकाे खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।