अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – भारतको औषधि नियामक निकायले कोभिड १९ विरुद्धका दुई वटा खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित को–भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको हो । ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले कोभिसिल्ड खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी रहेको जनाएको भारतीय सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
डीसीजीआईका निर्देशक डाक्टर बीजी सोमानीले को–भ्याक्सिन सुरक्षित रहेको र प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको बताएका छन् ।
यसअघि शुक्रबार (अस्ति) सिरम इन्स्टिच्युटको कोभिशिल्ड खोपको लागि समेत यस्तै स्वीकृति दिइएको थियो । विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो । अन्य खोपको परीक्षण पनि जारी रहने बीबीसीमा उल्लेख छ ।
कोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
याे घाेषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले यस खाेजमा संलग्न वैज्ञानिकहरूलाई बधाई दिएका छन् ।
उनले भनेका छन्, 'एक जाेसले भरिएकाे लडाइँलाई मजबुत गर्नकाे लागि निर्णायक माेड ! डीसीजीआईकाे सिरम इन्स्टिच्युट अफ इण्डिया र भारत बायाेटेककाे खाेपलाई मञ्जुरी दिनु एक स्वस्थ र काेभिडमुक्त देश बनाउन सहयाेग गर्ने कदम हाे । भारतलाई बधाई । हाम्रा मेहनती वैज्ञानिक र नवप्रवर्तनकर्ताहरूलाई बधाई ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।