दक्षिण कोरियामा सन् २०२० मा जन्मभन्दा मृत्यु धेरै

 पुष २०, २०७७ सोमबार १४:३०:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएफपी

काठमाण्डाै – दक्षिण कोरियामा गएको वर्ष जन्मभन्दा मृत्यु धेरै भएको छ । सन् २०२० मा दुई लाख ७५ हजार आठ सय बालबालिका जन्मिँदा सबै उमेरका गरि तीन लाख सात हजार सात सय ६४ जनाको ज्यान गएको छ ।

सन् २०१९ को तुलनामा सन् २०२० मा १० प्रतिशत कम बालबालिका जन्मिएकाे बीबीसीमा उल्लेख छ । इतिहासमै पहिलो पटक जनसङ्ख्या वृद्धि नकारात्मकतर्फ गएपछि दक्षिण कोरियामा चिन्ता बढेको छ । दक्षिण कोरिया विश्वमै कम जन्मदर भएको देशको सूचीमा पर्छ ।

जन्मदर घट्दै गएपछि दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले अघिल्लो महिना जनसङ्ख्यासम्बन्धी नीतिमा परिवर्तन गरी सन् २०२२ देखि जन्मिने हरेका बच्चाको स्याहारका लागि परिवारलाई एक हजार आठ सय ५० अमेरिकी डलर प्रदान गर्ने व्यवस्था गरेको छ ।

यस्तै बच्चा एक वर्षको पुग्ने बेलासम्म मासिक तीन लाख कोरियन वन दिने व्यवस्था गरेको छ । 

घट्दाे जनसङ्ख्याले दक्षिण काेरियामाथि अत्यधिक दबाब बढेकाे छ । 

बढ्दाे उमेरका धेरै जनसङ्ख्याका कारण स्वास्थ्य सेवा र पेन्सनका लागि धेरै राजस्व खर्च गर्नुपर्ने हुन्छ र युवाहरूकाे घट्दाे जनसङ्ख्याका कारण दक्षिण काेरियामा कामदारकाे पनि कमी भइरहेकाे छ । 

यी दुई कारणले दक्षिण काेरियाकाे अर्थ व्यस्थामा प्रत्यक्ष असर पर्ने गरेकाे छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया