अस्ट्रेलिया–भारत : सिड्नी टेस्टमा मात्र २५ प्रतिशत दर्शकले खेल हेर्न पाउने

 पुष २१, २०७७ मंगलबार १५:४३:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीच तेस्रो टेस्टका लागि सिड्नी क्रिकेट मैदानमा दशर्कको क्षमता घटाएर २५ प्रतिशत तोकिएको छ । 

सिड्नीमा क्रिसमसअघि कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएपछि यस्तो निर्णय गरिएको हो । 

दर्शकको सङ्ख्या घटाएपछि खेलको टिकट नयाँ ‘सोशल डिस्टेन्सिङ’ निर्देशनअनुसार फेरि जारी गरिनेछ । 

यो स्टेडियमको क्षमता ४८ हजार छ र पहिला यसको ५० प्रतिशत क्षमता प्रयोग गरिने योजना थियो, जसलाई अहिले अझै घटाइएको हो । 

चार खेलको टेस्ट शृङ्खलामा अहिलेसम्म दुवै टिम एक–एकको बराबरीमा छन् । तेस्रो टेस्ट जनवरी ७ तारिखदेखि सुरु हुँदैछ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया