अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – चीनका एक पूर्व उद्योगपति रहेका लाई शिओमिनलाई सुनाइएको मृत्युदण्ड सजायलाई लिएर कैयौँ मानव अधिकारकर्मीहरूले आलाेचना गरेका छन् । उनीहरूले ‘शिओमिनको अपराधका लागि यो निकै कडा सजाय भएको’ बताएका छन् ।
लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनीमाथि झण्डै दश वर्षको समयमा २ सय ८० मिलियन अमेरिकी डलर बराबरको भ्रष्टाचार गरेकाे आरोप छ ।
उद्योगपति शिओमिनलाई सुनाइएको सजाय राष्ट्रपति सी जिनपिङको ‘भ्रष्टार विरोधी अभियान’ को हिस्सा भएको र यस अभियानअन्तर्गत कसैलाई सुनाइएको ‘अहिलेसम्मकै कठोर सजाय’ भएको बताइएको छ ।
चिनियाँ अधिकारीहरूका अनुसार लाई शिओमिनले ह्युआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष रहँदा अपराध गरेका हुन् । उनले सन् १९९९ मा यस वित्तीय कम्पनीको स्थापना गरेका थिए ।
मङ्गलबार चिनियाँ सहर तियानजिनको एक अदालतले लाई शिओमिनलाई सजाय सुनाउँदै ‘उनको अपराधले देशलाई भारी क्षति पुगेको’ बताएको थियो ।
तर मानव अधिकार सङ्गठनहरूले भने शिओमिनलाई सुनाइएको सजायले अन्तर्राष्ट्रिय मानव अधिकार मानकहरुलाई सम्मान नगर्ने बताएका छन् ।
ह्युमन राइट्स वाचका लागि एसियाका उपनिर्देशक पिल रोबर्टसनले बीबीसीसँग भने, ‘घुस लिएको आर्थिक अपराधका लागि मृत्युदण्डको सजाय दिनु भनेको चीनले अन्तर्राष्ट्रिय मानव अधिकार मानकप्रति गरेको प्रतिबद्धताको अवहेलना हो । उनको मृत्युदण्डको सजाय जेलवासमा बदलिनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।