एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाडाैं – नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशनबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने दावी गर्नुभएको छ । पार्टीले तोकेको समयभित्र महाधिवेशनको कार्ययोजना नबुझाए केन्द्रीय कार्यसमिति विगठन हुने चर्चा चल्न थालेका बेला अध्यक्ष महरले आफूले महाधिवेशनबाटै नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्ने दावी गर्नुभएको हो ।
नेविसंघको अधिवेशन नहोस भन्ने चाहनेहरु केही रहेपनि त्यसलाई पूरा हुन नदिने उहाँले बताउनुभयो । आफू असन्तुष्ट पक्षसँग पनि छलफलमा रहेको र सबैलाई समेटेर महाधिवेशन गर्ने र विधिपूर्वक नयाँ नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो ।
वर्षौँ महाधिवेशन नभएको अवस्थाबाट आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर आएकाले आफूले पनि चुनावबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।