भारतकाे सिरम इन्स्टिच्युटमा आगलागी : ५ जनाकाे ज्यान गयाे

 माघ ८, २०७७ बिहीबार १९:४७:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ । पुनेका मेयर मुरलीधर मोहोलले घटनामा पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् । 

‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको ज्यान गएको हो । यही तलामा निर्माणको काम भइरहेको थियो । हामी आगलागीको कारणबारे बुझिरहेका छौँ । अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । ज्यान गुमाउने मजदुर हुन सक्छन् । अन्यलाई भने सुरक्षित निकालिएको छ’, मेयर मोहोलले भने ।

बिहीवार दिउँसो आगलागी भएपछि १० वटा दमकल त्यहाँ पुगेका थिए ।

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनकाे चाैथाे र पाँचाैँ तलमा आगाे लागेकाे बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अक्सफाेर्ड-एस्ट्राजेनेकाकाे काेराेना खाेप काेभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेकाे छ । 

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित काेभ्याक्स स्किमकाे हिस्सा हाे । यसकाे उद्देश्य मध्यम आय भएका देशहरूमा खाेप उपलब्ध गराउनु हाे ।   

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया