अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने धम्की दिएको छ । अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन अस्ट्रेलियाबाट हटाउने धम्की दिएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यममा प्रकाशन भएका सामग्री प्रयोग गरेबापत रोयल्टी दिन गुगल र फेसबुकलाई चाँडै नयाँ आचारसंहिता ल्याउन लागेपछि गुगलले यस्तो धम्की दिएको हो । गुगल अस्ट्रेलियाका निर्देशक मेल सिल्भाले यदि अस्ट्रेलिया सरकारले प्रस्तावित मस्यौदा कानुनको रूपमा लागू गरेमा आफूहरूले अस्ट्रेलिया छाड्नुपर्ने बताएका बीबीसीमा उल्लेख छ ।
ठूला कम्पनीहरूले समाचार पढ्न चाहने मानिसबाट ग्राहक लिने गरेकाले अब ती कम्पनीहरूले अस्ट्रेलियाको सञ्चारमाध्यमलाई उनीहरूको पत्रकारिताको लागि रोयल्टी तिर्नु पर्ने अस्ट्रेलिया सरकारले तर्क गर्दै आएको छ ।
गएको महिना अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले गुगल र फेसबुकलाई पहिलो चरणमा लक्षित गरि भुक्तानीको आचारसंहिता लागू गर्ने जानकारी दिएका थिए । लगत्तै फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई त्यहाँका स्थानीय र अन्तर्राष्ट्रिय समाचारहरू शेयरमा प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।