उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोभिड–१९ को खोपको विकास गरेको बेलायती औषधि उत्पादक कम्पनी एस्ट्राेजेनेकाले खोपको मात्रा प्राप्त गर्ने सम्बन्धमा केही देशहरूले ‘म पहिलो’ दृष्टिकोणलाई प्राथमिकतामा राखेको भन्दै यस धारणाप्रति चासो व्यक्त गरेको छ ।
एस्ट्राेजेनेकाका प्रमुख कार्यकारी पास्कल सोरियटले ‘दाभोस वर्ल्ड इकोनोमिक फोरम’को विद्युतीयमाध्यममार्फत् सञ्चालित कार्यक्रममा बोल्दै घातक कोरोनाभाइरस महामारीको लागि वैश्विक तयारीको अभाव रहेको बताउनुभयो ।
'कोभिड–१९ विरूद्धको खोपको आगमन विश्वव्यापी खुशी मनाउनको लागि एक आधार हुनसक्दछ तर खोपका लागि आत्म केन्द्रीत व्यवहार अनपेक्षित तथा चिन्ताको विषय हो' उहाँले भन्नुभयो । 'विश्वव्यापी रूपमा भन्नुपर्दा हामी यो महामारीको लागि अझ राम्रो तयारी गर्नुपर्छ भन्ने कुरा न्यायसङ्गत छ ।'
सोरियटले भन्नुभयो, 'कोरोनाभाइरसले २० लाखभन्दा बढी व्यक्तिको ज्यान लिएको छ तर यसले अन्तर्राष्ट्रिय सहकार्यका लागि आँखा खोलिदिएको छ । विश्वका धेरै देशमा सरकारी तथा निजी क्षेत्रलाई समन्वय गरी अघि बढ्न यसको पाठ ग्रहणीय छ ।' औद्योगिकिकरण भएका विश्वका प्रमुख राष्ट्रहरूले रोकथामका लागि स्वास्थ्यक्षेत्रको मात्रै तीन प्रतिशत रकम खर्चिन सुखद् नभएको उहाँले बताउनुभयो ।
त्यही तीन प्रतिशत अन्तर्गतको २० प्रतिशत रोग पत्ता लगाउन र निर्मुलीकरणमा लगाइएको छ । उहाँले भन्नुभयाे ' यसको अर्थ हामीहरू रोग पत्ता लगाउन र यसलाई रोकथाम गर्न वा समस्यालाई सम्बोधन गर्न प्रयास गर्नको सट्टा रोग लाग्न वा बिमारी हुनको लागि प्रतीक्षा गर्न खोजिरहेको आभास भइरहेको छ । यो पक्कै पनि सुखद् होइन ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।