परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त,भारतीय समकक्षीसँग संक्षिप्त भेट

 भदौ १, २०७५ शुक्रबार १६:१४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नयाँ दिल्लीमा भारतका विदेश मन्त्री सुष्मा स्वराजसँग संक्षिप्त भेट गर्नुभएको छ ।

भेटमा मन्त्री प्रदीप ज्ञवालीले वरिष्ठ नेता तथा भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको निधनप्रति नेपाली नागिरक र सरकारका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभयो ।

यसैक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पठाइएको समवेदना सन्देश पनि हस्तान्तरण गर्नुभयो ।

मन्त्री ज्ञवालीले दिउँसो बीजेपीको मुख्यालयमा पुगी वाजपेयीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयाे । त्यसपछि उहाँ बीजेपीको मुख्यालयबाट निकालिएकाे अन्तिम यात्रामा सरीक हुनुभएकाे थियाे ।

तीन पटक भारतका प्रधानमन्त्री बनेका अटल बिहारी वाजपेयीको शुक्रबार साँझ भारतीय समयअनुसार चार बजे राजघाटमा रहेकाे महात्मा गान्धीको स्मृतिस्थलनजिकै अन्तिम संस्कार गरिने कार्यक्रम रहेकाे छ । 

बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ९३ वर्षको उमेरमा वाजपेयीको निधन भएको थियो ।

उहाँको निधनमा भारतमा सात दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । दिल्लीसमेत मध्यप्रदेश, बिहार, झारख, पञ्जाबलगायतका राज्यका सरकारी विद्यालय तथा क्याम्पसमा बिदा दिइएको छ ।
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया