पटौलीनाकामा रहेको स्वास्थ्य इकाई बन्द, उपचारका लागि भारत जानुपर्ने बाध्यता

 माघ १३, २०७७ मंगलबार ८:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा रहेको सामुदायिक स्वास्थ्य इकाई पुस २७ गतेदेखि बन्द भएपछि नागरिक सेवा पाउनबाट वञ्चित भएका छन्  ।

सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले पुस २७ गतेदेखि स्वास्थ्य चौकी नखोलेपछि आफूहरुले स्वास्थ सेवा लिन नपाएकोे त्यहाँका हेमराज गिरीले गुनासो गर्नुभयो ।

स्वास्थ्य इकाई बन्द हुँदा त्यहाँका बासिन्दा सामान्य उपचारका लागि पनि जंगलको बाटो हुँदै भारत जानुपर्ने बाध्यता रहेको छ  ।  राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायले स्वास्थ्य इकाई बन्द भएकाबारे कुनै पनि जानकारी नआएको प्रतिक्रिया दिनु भएको छ ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया