माथिल्लो सदनमा पुग्याे ट्रम्पमाथि लागेको महाअभियोग प्रस्ताव

 माघ १३, २०७७ मंगलबार १२:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोगकाे प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।

तल्लो सदनका महाअभियोग व्यवस्थापकले सोमबार माथिल्लो सदनलाई ट्रम्पमाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाइ प्रक्रियाका लागि बाटो खुलेको छ । यही जनवरी ६ तारिखमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक बसेको बेला संसदमा हिंसात्मक आक्रमण भएको थियो ।

आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । ट्रम्पकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको आरोप लागेको छ । गएको २० तारिखमा ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बिदा हुनु भएको छ भने त्यही दिनदेखि बाइडेनले सत्ता सम्हाल्नु भएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया