अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – भारतमा कृषि कानुनको विरोधमा गणतन्त्र दिवसको अवसरमा दिल्लीमा ‘किसान ट्र्याक्टर मार्च’ को क्रममा विभिन्न ठाउँमा हिंसक घटना भएको छ । दिल्लीमा भएको हिंसक घटनालाई मध्यनजर गर्दै हरियाणामा ‘हाई अलर्ट’ (उच्च सुरक्षा सतर्कता) जारी गरिएको त्यहाँका सञ्चारमाध्मयले जनाएका छन् ।
हरियाणा प्रहरीका महानिर्देशक मनोज यादवले 'हाई अलर्ट' जारी गरि सबै जिल्लाका प्रमुखलाई निकै सतर्क रहन निर्देशन दिएको समाचार संस्था एएनआईले जनाएको छ ।
किसानको र्यालीका कारण दिल्ली मङ्गलबार दिनभर तनावग्रस्त बनेको थियो । किसानहरू दिल्लीको आईटीओदेखि लाल किल्लासम्म पुगेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार किसानको ट्र्याक्टर र्यालीका क्रममा एक जनाको ज्यान गएको छ । प्रदर्शनकारीहरू ती मृत व्यक्तिको शव लिएर आईटीओमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका थिए । अहिले प्रदर्शनकारीहरु शव लिएर गाजीपुर बोर्डरतर्फ गएको बीबीसीले जनाएको छ । यद्यपि आईटीओमा घण्टौँसम्म सडक जाम गरेर बसेका प्रदर्शनकारीहरू अहिले भने हटेको बताइएको छ । आईटीओमा अहिले निकै ठूलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको बताइएको छ ।
किसान परेडका क्रममा कैयौँ प्रहरी घाइते भएको दिल्ली प्रहरी कमिश्नर एसएन श्रीवास्तवले जनाएको समाचार एजेन्सीले जनाएको छ । हिंसाका क्रममा सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेकाे प्रहरीले जनाएकाे छ ।
दिल्लीका केही क्षेत्रमा सुरक्षा स्थितिलाई मध्यनजर गर्दै अस्थायी रुपमा इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँको गृह मन्त्रालयले एक आदेश जारी गरेर सिंघु, गाजीपुर, टिकरी, मुकरबा चोक, नांगलोई र त्यस नजिकका क्षेत्रमा इन्टरनेट सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।
सरकारले ल्याएको नयाँ कृषि कानुन किसानको अहितमा रहेको र व्यापारीलाई फाइदा पुग्ने भन्दै भारतका किसान महिनौँदेखि आन्दोलनरत छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।