नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेको म्यानचेस्टर युनाइटेड शेफिल्ड युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएको हो । २० खेल खेलेको म्यानचेस्टर युनाइटेड ४० अङ्कसहित दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अंकसहित पहिलो स्थानमा छ । म्यानचेस्टरको मैदान वर्ल्ड ट्रोफेटमा शेफिल्डले २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ६४ औं मिनेटमा बराबरी गोल गरेको थियो ।
उसका लागि कप्तान ह्यारी मगायरले गोल गर्दै खेलमा फर्काएका थिए । तर, ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गरेपछि शेफिल्डले जारी सिजनमा दोस्रो जित निकाल्न सफल भयो ।नतिजासँगै शेफिल्डले २० खेलबाट ८ अंक बनाएको छ ।
यस्तै, गएराति भएको खेल एस्टोन भिल्ला बर्नलीसँग पराजित भएको छ । यस्तै, चेल्सी र वुल्भ्स,ब्राइटन र फूलह्यामले गोलरहित बराबरी गरेका छन् भने एभर्टन र लेस्टर सिटीले एक/एक गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।