उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् ।
भारतकाे केरलाका पाँच वर्ष तीन महिनाका बालकले नराेकिइकन लगातार एक घण्टासम्म कथाका किताब पढेर यस विधामा कीर्तिमान बनाएका हुन् । उनले थ्री बियर्स, स्लाई फक्स एण्ड रेड हेन, रापुन्जेल, हेदी, द लिटल मरर्मेडलगायतका कथाका किताब पढेका थिए ।
जेएसएस इन्टरनेशनल स्कुलकाे किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन 'रिडिङ रुम बाइ आयुष' नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन् । उनले एक घण्टा पढेकाे भिडियाे पनि उनकाे च्यानलमा देख्न सकिन्छ ।
आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूकाे पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन् । हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छाैँ । पछिल्लाे पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियाैँ । उनले निकै छाेटाे समयमा ती पुस्तक पढिसक्छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।