निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहसँगको छलफलपछि ओली पक्षसँग कुराकानी गर्दै

 माघ १६, २०७७ शुक्रबार १२:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहसँग छलफल गर्न थालेको छ । 

निर्वाचन आयाेगले दुई समूहसँग छुट्टाछुट्टै छलफल गर्दै छ । आयोगका पदाधिकारीले पहिलो चरणमा प्रचण्ड-नेपाल समूहसँग छलफल गरेका छन् भने अहिले दोस्रो चरणमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग छलफल गरिरहेको आयोग स्रोतले जनाएको छ । 

आयोगले चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजे बोलाएको थियो । दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका आधिकारिक ५ जनालाई आयोगले बोलाएको हो। 

आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तय गर्दै प्रतिनिधिसभा विघटन भएपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित छन् । दुवै समूहले नेकपाको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गर्दै आएका छन् ।

आयोगले भने पार्टी विभाजन हुन नसक्ने र अहिले पनि नेकपाका दुवै जना अध्यक्ष रहेको स्पष्ट पारेको छ । दुई समूहमा विभाजन भएपछिका निर्णयहरुलाई आयोगले मान्यता दिन अस्वीकार गरेको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया