अदालतले संविधानको रक्षा गर्न सक्छ भनेर सन्देश दिने सुनाैलाे अवसर पाएकाे छ : नेता सिटाैला

अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्नुस् : गगन थापा

 माघ १६, २०७७ शुक्रबार २०:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वाेच्च अदालतले नागरिककाे अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाण्डाैले शुक्रबार शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आमनागरिककाे भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताउनुभयो ।

उहाँले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर नागरिकलाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताउनुभयो । प्रधानमन्त्रीलाई मन लाग्दैमा प्रतिनिधि सभा भङ्ग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गर्नुभएको छ । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिनँ भन्ने भन्दै उहाँले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताउनुभयो ।

नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया