भारतमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गयो, १५ जनाभन्दा धेरै घाइते

 माघ १७, २०७७ शनिबार ११:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा दश जनाको ज्यान गएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् ।

मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रेफर गरिएको त्यहाँको प्रहरीले जनाएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको  मुरादाबादका एसएसपी प्रभाकर चौधरी बताउनु भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई/दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइते भएकालाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया