नासाले पठाएको रोबाेट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता बाँकी

 माघ १८, २०७७ आइतबार ६:३७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको रोबोट मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी रहेकाे छ ।

नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स रोबोट पठाएको हो ।

नासाले पठाएको रोबोट र मङ्गल ग्रहबीच जम्मा ४५ लाख किलोमिटर दूरी छ तर त्यो द्रुत गतिमा कम हुँदै गइरहेको नासाले जनाएको छ ।

रोबोट जेजेरो ज्वालामुखी पहाड नजिकै अवतरण गर्ने अपेक्षा गरिएको छ । अवतरण गर्ने बेलाको सात मिनेटलाई इन्जिनियरहरूले ’सात मिनेटको आतङ्क’ भनेका छन् । अवतरण गर्न तय गरिएको ठाउँमा धेरै कुरा प्राप्त हुनसक्ने आशाका साथ वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

टिमानफाया नाम दिइएको ठाउँमा रोबोट अवतरण हुने ठानिएको अवतरण गर्नका लागि रोबोट तल झर्ने प्रक्रियालाई अवलोकन गरिरहेको समूहको नेतृत्व गरिरहेका इन्जिनियर एलन चेनको भनाइ  छ ।

कुनैबेला जेजेरो क्षेत्रमा रहेको ठूलो तालको किनारा पत्ता लगाउन सहयोग गर्ने कार्बोनेट चट्टानहरू र अरु अवशेषहरु पत्ता लगाउन रोबोट पठाइएको हो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया