मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ अब नेप...
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनर्स्थापनकाे विकल्प नभएको बताउनुभएको छ ।
आइतबार आफ्नाे पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको बताउनुभएको हो । नेपाली नागरिकले प्राप्त गरेका अधिकार र संविधानको रक्षाका लागि प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ति सुरु भइसकेको बताउनुभयो । सरकार पाकेको फल झैँ झर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको बताउनुभयो । प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाण्डाैमा गर्ने भनेको जनसभामा राजावादीहरू पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उहाँको भनाइ छ । नेपाली नागरिकले प्रतिगामी कदम परास्त गर्नेमा उहाँले दाबी गर्नुभयाे ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरि हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको बताउनुभयो । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उहाँले ओलीबाट थप कदम सम्भव नभएको बताउनुभयो । ओली प्रतिगमनको पराजय छिट्टै गर्ने उहाँको भनाइ छ ।
विघटित प्रतिनिधि सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरीत जाने कदमका विरुद्ध लागिरहने बताउनुभयो । संविधानको रक्षाका लागि जति दिन पनि आन्दोलन बस्ने भन्दै उहाँले आन्दोलनले ०६२/०६३ सालको जनआन्दोलनको रूप लिने पनि बताउनुभयो ।
गएकाे पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भए पनि आउँदाे सङ्घर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकाले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको प्रचण्ड–माधव समूहले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।