म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा

 माघ १९, २०७७ सोमबार १०:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ ।

नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।

सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।

गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । तर, सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ । 

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक आज बस्ने तयारी भएका बेला सेनाले नेत्री आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिएको हो । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो ।

सेनाले आफूले सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको पुष्टि पनि गरेको छ । सैन्य 'कू'पछि राजधानीलगायतका मुख्य सहरमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको छ भने राजधानीसहित धेरै ठाउँमा सेनाको उपस्थिति बाक्लो छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया