अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनका लागि नभएको बताउनुभएको छ । सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको प्रतिनिधि सभा विघटन र प्रतिगमनको खतरा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनका लागि प्रतिनिधि सभा विघटन नगरिएको जिकिर गर्नुभएको हो ।
चुनाव गराउने समय नै नभएको भन्दै उहाँले चुनाव गराउन नसकेपछि सङ्कटकाल घोषणा गरेर १७ साल ल्याउने खतरा भएको उहाँको भनाइ छ । नेपालमा स्थिर सरकार र पार्टीहरू नैतिकवान् भए भने विदेशी शक्ति केन्द्रहरूले हस्तक्षेप गर्न नसक्ने पनि उहाँको भनाइ छ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लङ्घन गर्नुभएको उहाँले बताउनुभयो । आफूहरूले संविधानको निर्माणकालमै संविधानको विरोधमा संविधान जलाएको भए पनि संविधानको रक्षाका लागि उभिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । यो संविधानमा भएका सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने यादवले बताउनुभयो ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताउनुभयो । यसको परीक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको वैधानिकता, कानुनी पक्ष, औचित्य र सान्दर्भिकताका सबै सर्वोच्च अदालतले निरुपण गर्ने उहाँको भनाइ छ । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उहाँको विश्वास छ ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) काे दाहाल–नेपाल समूहका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टीसँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो ।
अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उहाँले प्रधानमन्त्री ओलीले फट्याइ गरेको बताउनुभयो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले नागरिककाे बलिदान र सङ्घर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधि सभा विघटनभन्दा अर्को नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले शासकीय दम्भ देखाएको उहाँको भनाइ छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्नु आवश्यक रहेको उहाँले बताउनुभयाे ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई एकलौटी चाहिएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीसँग आफूबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै सबै वक्ताहरूले प्रतिनिधि सभा विघटनको कदमप्रति विरोध जनाउँदै पुनर्स्थापनामा जाेड दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।