अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको छ ।
प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेतासहित आफूहरुले आयोग पुगेर आधिकारिकता दाबी गरेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो । हिजो बसेको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरिएको नेता पोखरेलले उज्यालोलाई बताउनुभयो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको दाबी गर्दै प्रचण्ड-नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने बताउँदै आएको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । त्यसलगत्तै नेकपा औपचारिक रुपमै दुई समूहमा विभाजित भएर गतिविधि अघि बढाएका छन् । यसअघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै समूहले गरेका निर्णयलाई अस्वीकार गरेको थियो ।
तस्बिर : गंगा दाहालको फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।