सडकमा गाडीको संख्या कम, अवरोध गर्दै हिँड्ने ४० जना पक्राउ, निर्धक्क भएर गाडी चलाउन सरकारको आग्रह

 माघ २२, २०७७ बिहीबार ७:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण आज कम गाडी चलेका छन् ।

सार्वजनिक गाडीको संख्या कम भए पनि काठमाण्डाै उपत्यका दूध, तरकारीलगायतका अत्यावश्यक सेवाका गाडी र निजी गाडी निर्बाधरुपमा चलिरहेका छन् । बिहान मुख्य नाका नागढुंगा भएर आउने रात्रि सेवाका बस पनि काठमाण्डाै भित्रिएका छन् ।

सडकमा र गाडीमा केही अवरोध हुन सक्ने आशंकामा बिहानदेखि नै चोक-चोकमा प्रहरी खटिएका छन् । काठमाण्डाै उपत्यकामा सडक र गाडीमा अवरोध गर्न खोज्ने ४० जना पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले सडकमा अवरोध गर्न खोज्नेलाई प्रहरीले निगरानी गरिरहेको छ । 

निर्धक्क भएर गाडी र व्यवसाय  चलाउन सरकारको आग्रह

सरकारले आज पूर्ववत् रुपमै सार्वजनिक बसलगायत आ-आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले सुरक्षाका दिने भन्दै आफ्नो नियमित काम नरोक्न गृहमन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक गाडी अवरोधलगायतका गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही हुने उहाँले बताउनुभयो ।

यस्तै, प्रहरीले कहीँकतै केही समस्या भए प्रहरीको १००  र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया