अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन थालेको छ ।
सामाजिक सञ्जालमा नागरिक अगुवा, निजी क्षेत्र र नागरिकले आलोचनात्मक टिप्पणी गर्न थालेका छन् । समस्याको शान्तिपूर्ण समाधान खोज्नुको साटो नागरिकलाई दु:ख दिने काम भएको भन्दै आलोचना भइरहेको छ ।
अभियन्ता कनकमणि दीक्षितले नागरिकलाई उर्दी जारी गरेर बन्द हड्तालको घोषणा हुनु दु:खद भएको बताउनु भएको छ । उहाँले लेख्नु भएको छ - ‘आमहड्ताल ऐच्छिक हुनु पर्ने, आह्वान गर्नुपर्ने-नागरिकलाई उर्दी पो जारी गरेछन् ।’
यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले पनि बन्द हड्तालको विरोध जनाउनु भएको छ । बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेपछि उहाँले लेख्नु भएको छ - ‘गैरकानुनी काम सधैं गैर-कानुनी नै हुन्छ, बन्द हड्तालमा व्यक्तिगत वा सार्वजनिक सम्पत्ति क्षति अक्षम्य हो । यस्ता गतिविधिको घोर भर्त्सना गर्दछु ।’
यस्तै लेखक खगेन्द्र संग्रौलाले राजनीतिक पार्टीले बन्दको साटो अझै पनि रचनात्मक कार्यक्रम गर्न नसकेको भन्दै टिप्पणी गर्नु भएको छ । उहाँले विरोधको चौतर्फी हड्तालभन्दा रचनात्मक, दबाबकारी र प्रभावकारी जुक्ति नेताहरुको दिमागमा अझै फुर्न सकेन भन्नु भएको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नागरिकको काम गरी खान पाउने अधिकार कुण्ठित गरिएको भन्दै विरोध जनाउनु भएको छ । उहाँले लेख्नु भएको छ-‘नागरिकको काम गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुने गरि कुनै पनि प्रकारको बन्द हड्ताल जुलुससभा नगर्न दलहरूलाई आग्रह गर्दछु । साथै नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनेर गरेको प्रतिबद्धता पनि स्मरण गराउन चाहन्छु ।’
उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बन्द हड्तालको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।