हामीसँग प्रचण्ड बहुमत छ, कसैलाई चोइटिएर जान मन छ भने गए हुन्छ - माधव नेपाल

 माघ २३, २०७७ शुक्रबार ९:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरुसँग स्पष्ट बहुमत सदस्यहरु रहेकोले केपी शर्मा ओलीले नेकपा र सूर्य चिह्नमा दाबी गर्न नपाउने बताउनुभएको छ ।

उहाँले आफूसँग प्रचण्ड बहुमत भएकाले कसैलाई चोइटिएर जान मन छ भने गए हुनेसमेत बताउनुभयो । आमहड्तालको भोलिपल्ट आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहका अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनपछि देश र लोकतन्त्रको मामलामा आफूहरुले विरोध जनाएको बताउनुभयो ।

यो विषयलाई आन्तरिक मामिला मात्रै मान्न नसकिने भन्दै उहाँले देश र लोकतन्त्रको मामिला भएकाले सबै एकजुट भएर प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्नुपर्ने बताउनुभयो । दैनिक ज्यालादारी मजदुर, बिरामीहरुका लागि केही असहज आएको तर पछिसम्मका लागि आफूहरु फेरि एकपटक सडकमा आउनुपरेको उहाँको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले धम्कीको भाषा बोलिरहेको भन्दै उहाँले कसैको धम्कीले त्यति सजिलै सडक नछाड्नेसमेत बताउनुभयो । यस्तै शान्तिपूर्ण विरोधमा सहभागी व्यक्तिहरुमाथि प्रहरी प्रशासनमार्फत ज्यादती भइरहेको भन्दै उहाँले त्यसको पनि विरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया