नागरिकलाई पर्न गएको असरप्रति माफी माग्छौँ : प्रचण्ड-नेपाल समूह

 माघ २३, २०७७ शुक्रबार ९:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बिहीवार आमहड्ताल गरेको  नेकपाको  प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो । उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो - ‘कसैले तपाईँको लुगा तानेर च्यात्यो भने, तुरुन्त प्रतिवाद त गर्नु पर्यो नी ! हो, हिजोको आमहड्ताल ठ्याक्कै त्यस्तै हो । हामी लोकतन्त्रमाथिको प्रहारविरुद्ध तत्काल प्रतिवाद गर्न सडकमा गएका हौँ ।’
प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो  पार्टीको नीति र नियम नभएको पनि दाबी  गर्नु भएको छ । 


 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया