सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । जनसभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतले सम्बोधन गर्नुहुनेछ ।
सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले अब तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभएको छ । उहाँले मांसाहारी आन्दोलन गर्नेहरूलाई 'जू' मा लगेर बन्द गर्ने समेत चेतावनी दिनुभएको छ । केही दिनअघि नेकपाकाे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइलाई लक्षित गर्दै गृहमन्त्री थापाले सचेत हुन आग्रह गर्नुभएको छ ।
दुई तिहाईको बहुमत प्राप्त सरकारलाई विस्थापन गर्ने षड्यन्त्रकै कारण अहिलेको अवस्था आएको गृहमन्त्री थापाकाे दाबी छ । नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्याली निकालिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् ।
प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ । बिहीवार (हिजो) प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।