पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - संयुक्त राष्ट्रको मानवअधिकार संस्था यूएनले भारतमा भइरहेको किसान आन्दोलनमा प्रशासन र प्रदर्शनकारी दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ ।
यूएनले पहिलो पटक किसान आन्दोलनप्रति ध्यानाकर्षण गर्दै शान्तिपूर्ण तरिकाले मानवअधिकारको संरक्षण गदै उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेको हो ।
संयुक्त राष्ट्रले भारतमा पछिल्लो दुई महिनादेखि भइरहेको किसान आन्दोलनबारे प्रतिक्रिया जनाएको यो पहिलो पटक हो । यसअघि पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्ग, चर्चित पप गायिका रिहानाले पनि किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए ।
भारत सरकारले किसान आन्दोलनको मुद्दामा अन्तर्राष्ट्रिय हस्तीहरुको तर्फबाट गरिएको ट्वीटपछि कसैको पनि नाम नलिइकन टिप्पणी गरेको थियो । भारत सरकारले नयाँ तीन वटा कानुन ल्याएको र ती कानुन व्यापारीको फाइदामा रहेको भन्दै भारतका किसानहरू लामो समयदेखि आन्दोलनमा लागेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।