ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
बैतडी - बैतडीकी १७ वर्षकी भागरथी भट्टको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले गहिराइमा पुगेर अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले हत्याको विभिन्न कोणबाट अनुसन्धान थालिएकाले अहिले नै अनुसन्धानको विषयमा जानकारी खुलाउन नमिल्ने बताउनुभयो ।
उहाँले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन पनि आग्रह गर्नु भएको छ । ‘हामी अनुसन्धानको गहिराइमा पुग्छौँ, कुनै कमीकमजोरी हुन नदिन संवेदनशील भएर काम गरिरहेका छौँ, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा छानबिन भइरहेको छ' उहाँले भन्नुभयो ।
प्रहरीले भागरथीको हत्या परिचित व्यक्तिले नै गरेको हुन सक्ने आशङ्का गरेको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै यसबारे थप जानकारी केही दिएको छैन । भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ भने नजिकका आफन्त र साथीभाइसँग पनि प्रहरीले सोधपुछ थालेको छ ।
बैतडीको दोगडा-केदार गाउँपालिका-७ की भागरथीको गएको बिहीवार शव भेटिएको थियो । बुधवार विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्ने क्रममा भोलिपल्ट जंगलमा शव भेटिएको थियो । उहाँको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम र घाउ भएको अवस्थामा भागरथीको शव भेटिएको थियो ।
भागरथीका आफन्त तथा परिवारले न्यायको लागि गुहार मागेका छन् । भागरथीका बुबाको दुई महिनाअघि निधन भएकाले परिवारमा थप पीडा परेको छ । भागरथीको हत्यापछि गाउँ नै अहिले शोकमा डुबेको छ ।
बलात्कार र हत्याको विरोधमा आवाज उठ्दै आए पनि यस्ता घटना रोकिएका छैनन् । अझै कतिपय घटनामा त पीडितले न्याय नै पाउन सकेका छैनन् । यस अघि २०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, लामो समयदेखि यो घटनाको अनुसन्धान चले पनि दोषी पत्ता लागेको छैन । यसले प्रहरी प्रशासनमाथि प्रश्न समेत उठेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।