उत्तराखण्ड : बाढीमा हराइरहेकामध्ये १० जनाको शव निकालियो, २५ जनाको उद्धार

 माघ २६, २०७७ सोमबार ९:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि हराइरहेकामध्ये अहिलेसम्म १० जनाको शव निकालिएको छ । २५ जनाको उद्धार गरिएको छ । तपोवनबाट १२ र रैणीबाट १३ जनाको उद्धार गरिएको  बीबीसीले जनाएकाे छ ।

अझै डेढ सयभन्दा बढी हराइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन । उद्धार तथा खोजीका लागि  प्रहरी, सेना, स्थानीय नागरिकलगायत झण्डै २५० जनाको टोली खटिएकाे छ । 

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले एनडीआरएफ, आईटीबीपी र एसडीआरएफको टोलीसँगै वा​युसेना तयारी अवस्थामा राखिएको जानकारी गराउनु भएको छ ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

यस्तै उत्तराखण्डका मुख्यमन्त्री रावतले ज्यान गुमाएकाका परिवारलाई ४/४ लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

आइतबार दिउँसो उत्तराखण्डको चमोली जिल्लाको हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको थियाे । हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया