कांग्रेसले एक्लै आन्दाेलन गर्छ : शशाङ्क काेइराला

 माघ २६, २०७७ सोमबार १७:३५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताउनुभएको छ ।

सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला सोस स्लिट युथ सर्कलले काठमाण्डाैमा आयोजना गरेको 'सङ्कटमा संविधान' विषयक विचार गोष्ठीमा बोल्नु हुँदै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताउनुभएको हो । 

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जान नहुने उहाँको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उहाँले बताउनुभयो । महामन्त्री कोइरालाले आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताउनुभयो । उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने बताउनुभयाे । अहिले सङ्घीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउन नहुने बताउनुभयो ।

नेता पन्तले वैशाखमा चुनाव नहुने भन्दै संविधानको रक्षाका लागि सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताउनुभयो । ओलीलाई नागरिकले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उहाँको भनाइ छ ।

नेता रिजालले प्रतिनिधि सभा विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरू अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली कांग्रेस नलाग्ने पनि स्पष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया