केपी ओलीले अब एकपछि अर्काे हार्नुकाे विकल्प छैन : प्रचण्ड

 माघ २६, २०७७ सोमबार १८:२२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै विफल बनेको बताउनुभएको छ । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्तिविरुद्ध संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गर्नुभयो । 

पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्धको सङ्घर्षमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो । 

नेता दाहालले संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै विफल बन्न पुगेको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपीजीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलङ्कित पनि हुनुभयो इतिहासमा र उहाँले जित्ने कुनै सम्भावना छैन । हामी जहाँ उभियौँ, संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र सम्मृद्धिको पक्षमा हामी उभियौँ । त्यसकारण हामीले लडाइँ जित्यौँ । अब उहाँले एकपछि अर्को हार्नुबाहेक अर्को विकल्प छैन । हामी दह्राेसँग उभिँदा हाम्रो जित कसैले रोक्नै सक्तैन । हामी विजयी हुन्छौँ ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया