ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - नेपालमा पक्षीहरुमा देखिने रानीखेत रोगको सङ्क्रमण बढेको छ ।
अस्वाभाविक रुपमा रानीखेतको सङ्क्रमण बढिरहेकाले विशेष सावधानी अपनाउन पशुसेवा विभागले आग्रह गरेको छ ।
हरेक दिन काठमाण्डाैका २० देखि २५ ठाउँका ५ सयदेखि ६ सयवटा फार्मबाट आएका स्वाबहरु परीक्षण गर्दा रानीखेत पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले बताउनुभयो । उहाँकाअनुसार काठमाण्डाैसहित देशका विभिन्न ठाउँबाट संकलन भएका स्वाब परीक्षण गर्दा रानीखेतको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमण फैलनुमा भ्याक्सिन फेल भएर अथवा अरु के कारण हो त्यसबारे विज्ञहरुको समूहले अध्ययन गरिरहेको प्रवक्ता ढकालको भनाइ छ । यस्तै सङ्क्रमण धेरै फैलिएको ठाउँ र कारण पत्ता लगाउन गरिने कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भइरहेको छ ।
कन्ट्याक्ट ट्रेसिङका लागि आवश्यक जनशक्ति नहुँदा कुन ठाउँमा कसरी सङ्क्रमण फैलिरहेको छ भनेर पत्ता लगाउन गाह्रो भइरहेको विभागका प्रवक्ता ढकालले बताउनुभयो । रानीखेत रोग लाग्न नदिन किसानहरुले भ्याक्सिन लगाउने गरेका छन् ।
जर्मनी, फ्रान्स, क्यानडा, भारतलगायत देशबाट ल्याइएको खोप नेपालमा प्रयाग हुँदै आएको छ । हरेक वर्ष एक करोड डोजको हाराहारीमा मात्रै नेपालमा खोप उत्पादन हुने र धेरैजसो विदेशबाटै ल्याउनुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।
यस्तै रानीखेत रोगको सङ्क्रमण बढिरहँदा बर्ड फ्लूको सङ्क्रमणका केसहरु भने नआएको प्रवक्ता ढकालले बताउनुभयो । यस्तै नेपालमा कन्ट्याक्ट ट्रेसिङको संयन्त्र कमजोर भएकोले सोचेअनुसार कुन ठाउँमा सङ्क्रमण कसरी फैलिरहेको छ भनेर पत्ता लगाउन समस्या भइरहेको छ ।
कन्ट्याक्ट ट्रेसिङमार्फत सङ्क्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । जसले रोकथाममा सहयोग गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।