विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

 माघ २७, २०७७ मंगलबार १२:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अहिले कायममुकायमको भूमिकामा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

गएको भदौमा कुलमान घिसिङको कार्यकाल सकिएपछि सरकारले प्राधिकरणकै उप-कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । यस्तै कात्तिक २१ गते हितेन्द्रदेव शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

उहाँ यसअघि नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो। 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया