ग्यासकाे भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – के तपाईं भिजिट भिसामा यूएई जानुभएको छ र त्यहाँ काम गर्ने सोच बनाउनुभएको छ ? यदि त्यस्तो हो भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।
भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले त्यसो नगर्न आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्था गरेको छ । श्रम स्वीकृति नलिइ भिजिट भिसामा वा अन्य भिसामा गएर काम गर्ने कानुनी व्यवस्था छैन ।
यसरी भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने, भिजिट भिसामा बोलाउनेले नै अलपत्र पारिदिने र मानव तस्करको सञ्जालसम्म पुग्ने जोखिम हुनसक्ने दूतावासले जनाएको छ ।
यस्तै भिजिट भिसामा गएर काम गर्ने क्रममा अलपत्र परेको वा समस्यामा परेको खण्डमा म्यानपावर कम्पनी वा सरकारी निकाय पनि जिम्मेवार नहुने भएकाले काम गर्ने उद्देश्य हो भने श्रम स्वीकृति लिएर मात्र आउन दूतावासको आग्रह छ ।
पछिल्लो समय एजेण्टले विभिन्न प्रलोभन देखाएर श्रमिकबाट ठूलो रकम असुलेर भिजिट भिसामा पठाउने र त्यहाँ पुर्याएपछि अलपत्र पार्ने गरेका घटना बढीरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।