कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – राज्यविरुद्धकाे कसुर गरेकाे आराेपमा पक्राउ परेकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले याे अन्तिम लडाइँ भएकाे बताउनुभएकाे छ ।
पक्राउ परेपछि अपराध अनुसन्धान विभाग मीनभवन पुग्नुभएकी नेतृ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले धैर्य गर्न पनि आग्रह गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, ‘राज्यविरुद्धकाे कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । साथीहरू धैर्य गर्नुहाेला, यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौँ ।’
— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021
झाँक्रीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीति गर्ने भए शितल निवास छाडेर नागरिकको माझमा आउन भन्दै विभिन्न आरोप लगाउनुभएको थियो । झाँक्रीको अभिव्यक्तिपछि उहाँलाई पक्राउ गर्न प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले प्रहरीलाई दबाब दिँदै आएका थिए ।
याे पनि पढ्नुहाेस्
राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।