हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने खतरा बढ्याे : प्रचण्ड

 फागुन १, २०७७ शनिबार ११:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने खतरा बढेको बताउनुभएको छ ।

काठमाण्डौमा बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रममा उहाँले ठूलो बलिदानपछि प्राप्त भएकाे उपलब्धि नै गुम्ने खतरा बढेको बताउनुभएको हो । युद्धकालीन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनका साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिकालगायतका सबै काम युगान्तकारी भएको उहाँले बताउनुभयो । 

उहाँले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफूले उत्पीडित समुदायको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तत्कालीन विद्रोह उत्पीडित समुदायको विद्रोह नै भएको बताउनुभयो । 

युद्धकालीन समय योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढङ्गले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्ताबेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा बारबर्दिया पहिलो नगरपालिका भएकाे बताउनु भयाे । 

“जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा सङ्ग्रहित गरिएको छ । प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ सहिद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाइते तथा अपाङ्गगता भएका व्यक्तिहरुको जीवनगाथा छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया