ताप्लेजुङको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्र...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आइतबार ३३ दशमलव ३३ अङ्कले घटेर २४ सय ९३ दशमलव ५९ विन्दुमा पुगेकाे छ । म्युचल फण्डबाहेक अरू सबै समूहको शेयर घटेको छ ।
बैंकिङ समूहको शेयर झण्डै २१ अङ्कले, व्यापार र जलविद्युतको २३ अङ्कले, होटलको २५ अङ्कले, उत्पादन ४४, फाइनान्स ११, निर्जीवन बीमा समूहको ७७, अन्य समूहको समूहको शेयर ४५, माइक्रोफाइनान्स ७८ र जीवन बीमा समूहको शेयर दुई सय ३३ अङ्कले घटेको छ ।
आइतबार दुई सय दुई कम्पनीका एक करोड ४८ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार सपोर्ट र स्वाभिमान लघुवित्त कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि आइतबारदेखि कारोबार सुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का शेयरधनीले १० प्रतिशत कमाएका छन् ।
नेपाल पूर्वाधार बैंक (निफ्रा) को कारोबार सुरु भएको केहीबेरमै सकारात्मक सर्किट लागेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।