कुल कर्जाको ११ दशमलव दुई प्रतिशत कृषि क्षेत्रमा लगानी

 फागुन २, २०७७ आइतबार २०:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाणिज्य बैंकहरूले कुल कर्जाको ११ प्रतिशतभन्दा धेरै रकम कृषि क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले अहिले वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जाको ११ दशमलव दुई प्रतिशत कर्जा कृषि क्षेत्रका लागि प्रवाह गरेको जनाएको छ ।

वाणिज्य बैंकले कुल कर्जा लगानीमध्ये २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने राष्ट्र बैंकको नीति रहेको छ । 

यस्तै, वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएकोमा २०७७ पुस मसान्तमा पाँच दशमलव ७२ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया