चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. द्वारा टाटाका गाडीहरुको नेपाली बजारमा प्रि–बुकिङ खुल्ला गरिएको छ ।
भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो । न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फोर स्टार रेटिङ्ग पाएका टाटाका यी गाडीहरुले सबैको मन जित्ने विश्वास लिइएको छ ।
यस्तै प्रि–बुकिङ गर्ने पहिलो एकसय जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरु अन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, एक वर्षको निः शुल्क सर्भिसिङ्ग र निः शुल्क जेन्युइन् एसोसेरिजहरु प्राप्त गर्न सकिने सिप्रदीले जनाएको छ ।
इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एन क्यापको रेटिङ्ग अनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन् ।
उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभूति गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।