चुनाव वैशाखमै हुन्छ : प्रधानमन्त्री ओली

 फागुन ३, २०७७ सोमबार १३:३४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव वैशाखमै हुने बताउनुभएकाे छ । उहाँले अनावश्यक हल्लाका पछाडि नलागी चुनाव वैशाखमै हुने दाबी गर्दै त्यसका लागि जुट्न सबैलाई आग्रह गर्नुभयाे ।

सरकार गठनकाे तीन वर्ष पुगेकाे अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिँदै उहाँले सानातिना नभइ राष्ट्रिय स्वार्थमा केन्द्रित हुन पनि आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर विराेधीहरूले हल्ला चलाए पनि विश्वस्तरीय प्रतिवेदनले नेपालले क्रमशः आर्थिक, सामाजिक सुधार गरेकाे दाबी गर्नुभएकाे छ । उहाँले निराश हुनुपर्ने अवस्था नरहेकाे समेत बताउनुभयाे ।

तीन वर्षमा सरकारले गरेका कामकाे चर्चा गर्दै उहाँले पुनर्निर्माण तथा पुनर्स्थापना, सडक, शिक्षा, खानेपानी, काेराेना महामारी नियन्त्रणमा प्रभावकारी काम गरेकाे बताउनुभयाे । रेलमार्ग तथा सञ्जाल विस्तार, जल यातायात, सुरुङ मार्ग, ठूला जलविद्युतकाे काम भइरहेकाे प्रधानमन्त्रीले बताउनुभयाे । उहाँले रेल छिट्टै सञ्चालनमा आउनेसमेत दाेहाेर्‍याउनुभएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभूमिकाे रक्षा गर्न गम्भीरतापूर्वक लागेकाे बताउनुभएकाे छ । सरकारले सीमा विवाद समाधानमा निरन्तर  पहल गर्दै आएकाे पनि उहाँले बताउनुभयाे।

अघिल्लो वर्षदेखि सरकारले भारतसँग प्रमाणसहित छलफल र बैठक गर्दै आएकाे ओलीकाे भनाइ छ । साथै उहाँले सीमा विवाद छिट्टै समाधान हुने विश्वास पनि व्यक्त गर्नुभयाे । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अमर पुन

    Feb. 16, 2021, 10:01 a.m.

    यो केपि ओलिलाई बैशाखमै चुनाब नगराइ नहुने के तातो परेको छ ? देश भ्रष्टाचारले डुब्न लागिसक्यो अनि यी नेता भनाउदाहरु लाई चुनाबकै रन्को???

  •  0 Reply

तपाईको प्रतिक्रिया